२०८१ मंसिर १

राष्ट्रपति पौडेल र जापानी सदनका सदस्यहरुबीच भेटवार्ता




काठमाडौँ — नेपाल भ्रमणमा रहेका जापानको माथिल्लो सदनका सदस्यहरु र नेपाल-जापान संसदीय मैत्री समूहका सदस्यहरुले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । बिहीबार शीतल निवास पुगेर उनीहरुले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । 


Advertisement


राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले बिहीबार राष्ट्रपति पौडेलसँग जापानी माथिल्लो सदनका सदस्यहरुसहितको भ्रमण टोलीले भेटवार्ता गरेको जानकारी दिइन् । उनकाअनुसार जापानका सांसद कोबायसी काजुहिरो र नागल मान्बुसहितको टोलीले राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।



भेटमा राष्ट्रपति पौडेलले नेपाल र जापानबीच अति घनिष्ट एवम् मैत्रीपूर्ण सम्बन्ध रहेको बताए । उनले नेपालको लोकतन्त्र र प्रजातन्त्रको विकास र सुदृढीकरणमा जापान सरकारले निरन्तर सहयोग पुर्‍याउँदै आएको भन्दै धन्यवादसमेत व्यक्त गरे ।

Copy link
Powered by Social Snap