२०८१ पुष ८

संयमित र संवेदनशील हुन धरानका मेयर हर्क साम्पाङको अपिल




धरान उपमहानगरपालिकाका मेयर हर्कराज राईले संयमित र संवेदनशील हुन अपिल गरेका छन्।


Advertisement


धरानमा केही दिनदेखि धार्मिक तथा सामाजिक विवादले यस क्षेत्रलाई अति संवेदनशील बनाइरहेको राईको भनाइ छ।

‘हाल देखिएको अशान्तिमय वातावरणमा सबैले संयमित र संवेदनशील भएर सबै पक्ष, समुदाय र हरेक नागरिकका भावना प्रतिविम्बित हुने गरी आपसी सद्भाव, भाइचारा र एकता कायमका लागि सम्पूर्ण धरान नगरवासीहरूमा हार्दिक अपिल गर्दछु,’ शुक्रबार अपिल जारी गर्दै राईले भनेका छन्।



समाजमा देखिने अशान्ति र विभेदले विचार, विधि र व्यवहारमा स्थान पाउँदै गएमा सामाजिक अन्तरसम्बन्ध खलबलिने, अन्तर विरोध बढाउने, प्रतिशोध र द्वन्द्वलाई निम्त्याउने भएकोले यस प्रकारको विविधताको नकरात्मकतालाई सकरात्मकतामा परिणत गर्न संयमित र संवेदनशील हुन उनले अपिल गरेका छन्।

यस्तो छ अपिल:

Copy link
Powered by Social Snap