काठमाडौं । नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी विशेष रुपान्तरण अभियान’ को शनिबार उद्घाटन हुने भएको छ ।
Advertisement
माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा अभियानको उद्घाटन भोलि बिहान ९ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडाबाट गरिने बताए । भर्चुअल माध्यमबाट अभियानको उद्घाटन हुनेछ ।
उद्घाटनपछि अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चन्द्रागिरि नगरपालिका-२ मा पुग्नेछन् । दिउँसो १ बजे उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । रुपान्तरण अभियान तीन चरणमा चलाइने छ ।
पहिलो चरणमा बैठक, भेला, प्रशिक्षण, दोस्रो चरणमा अन्तरक्रिया, तेस्रोमा खुल्ला सभा र जनसभा हुने सापकोटाले जानकारी दिए ।
अभियानका क्रममा सबै जनतालाई भेटिने जानकारी दिए ।
“अन्तर हृदयदेखि नै जनतालाई सम्मान गर्नेछौँ,” उनले भने , “हाम्रो तागत भनेको जनता हो । जनतामा जानुपर्छ भनेर निर्णय गरेको हो ।”