काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतासँग गल्ती कमजोरीमा आत्मालोचित हुन निर्देशन दिएका छन् ।
Advertisement
शनिबार पार्टीको तीन महिने रुपान्तरण अभियानको उद्घाटन गर्दै पार्टी नेता तथा कार्यकर्तालाई जनतासँग सुध्रन चाहेको बताउन निर्देशन दिएका हुन् । “जनतासँग हामीले गल्ती भएको कुरा भन्न सक्नुपर्छ । हाम्रो कमजोरीप्रति आत्मालोचित हुन चाहन्छौं र सुध्रिन चाहन्छौं भन्नुपर्छ,” प्रचण्डले भने, “त्यसका लागि अभियानसहित घरदैलोमा छौं । कमरेड लेनिनले भनेजस्तै तपाईं इमान्दार हुनुहुन्छ भने डराउनु हुँदैन ।”
उनले अभियानका क्रममा सुशासन, सार्वजनिक सेवा प्रवाहमा जोड दिनुपर्ने बताए । प्रचण्डले वेथितिको चाङ भएको बताए । तीन महिने अभियानमार्फत कस्तो विचारको विकास र पार्टी निर्माण गर्ने भन्नेमा जनताको भविष्य रहेको बताए ।
उनले जनतासँग नङ र मासुको जस्तो सम्बन्ध बनाउन पनि आग्रह गरे ।