२०८१ आश्विन ३०

लघुवित्तका सदस्यको आवश्यकता : लोकल शैलीमा ग्लोबल स्तरको ब्यापार तालिम र परामर्श




नेपालमा लघुवित्त संस्थाहरु आर्थिक सशक्तिकरणको एउटा महत्वपूर्ण अंग बनेका छन्। ग्रामीण क्षेत्रका इच्छुक र सिप्युक्त व्यक्तिहरूलाई साना ऋणद्वारा “लघुउद्यमी” बनाई उद्यमशीलता विकासमा सहयोग पुर्‍याउँदै आएका लघुबित्त संस्थाहरूले धेरै नेपाली महिला तथा अन्य साना उद्यमीलाई आर्थिक रूपमा सक्षम बनाएका छन्।

लघुउद्यमी प्रायः साना कृषि, पशुपालन, र घरेलु उद्योगमा संलग्न हुन्छन्। लघुवित्त संस्थाहरु पनि स्वाहि क्षेत्रमा सीपमूलक तालिमहरू प्रदान गर्दै आएका हुन्छन् । यी तालिमहरू व्यावहारिक भए पनि पूर्णरूपमा व्यापारिक हुँदैनन्।


Advertisement


लघुउद्योगहरूलाई अझ व्यवस्थित, मुनाफामुखी र दिगो बनाउने उद्देश्यले उनीहरूलाई व्यापार तालिम र परामर्शको आवश्यकता रहेको छ। बजारमा प्रतिस्पर्धा बढ्दै गएकाले आफ्ना उत्पादनलाई अन्तराष्ट्रिय ब्रान्डको स्तरमा उभ्याउन “मोडर्न” ज्ञान र सीप अत्यावश्यक भइसकेको छ।

कम्तीमा आफ्नो बजारमा आफ्नै लोकल उत्पादनको जीत सुनिश्चित पार्न सरल भाषामा मार्केटिङ, आधारभूत लेखा व्यवस्थापन, बजार रणनीति, ग्राहक सेवा, बजारीकरण र डिजिटल प्रविधिको उपयोग सम्बन्धी तालिम आवश्यक छ। अब आउँदो दिनमा लघुवित्तका सदस्यहरूमा अझ व्यापक र दीर्घकालीन परिवर्तनका लागि व्यवसायिक तालिमको आवश्यकता देखिएको छ। अझ सरल प्रविधिको उपयोग गरी कुशल ब्यापार परामर्शदातालाई हरेक सदस्य सँग सम्पर्क गराउन सकिन्छ।

तालिम तथा परामर्शले सदस्यहरूलाई आफूले उत्पादन गर्ने सामानको बजार खोज्न र समग्र आर्थिक योजना बनाउन सहयोग पुर्‍याउँछ।

व्यापार तालिम र सीपमूलक तालिमलाई समायोजन गरेर सदस्यहरूलाई दीर्घकालीन रूपमा आर्थिक लाभ दिने गरी नयाँ कार्यक्रमहरू सुरु गर्नुपर्ने समय आएको छ। यी तालिमहरूले सदस्यहरूको व्यवसायलाई बलियो बनाउन र उनीहरूलाई आत्मनिर्भर बनाउन महत्वपूर्ण भूमिका खेल्नेछन्।

यस योजना अनुरूप सदस्यहरूको आर्थिक अवस्था बलियो हुनुका साथै स्थानीय अर्थतन्त्र, आफू सदस्य रहेको लघुवित्त तथा समग्र देशको अर्थतन्त्रलाई समेत सशक्त बनाउन सहयोग पुर्‍याउनेछ।

Copy link
Powered by Social Snap