साभार: रातोपाटी
काठमाडौं । नेपाली सेनाका प्रधानसेनापति पुर्णचन्द्र थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले आज एक विज्ञप्ति जारी गरी प्रधानसेनापति थापाको पिसिआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ ।
Advertisement
प्रधानसेनापति निवासको भान्छामा कार्यरत १ जनामा शनिबार कोरोना संक्रमण पुष्टि भएपछि प्रधानसेनापति थापा आइतबारदेखि सेल्फ क्वारेन्टिनमा बसेका थिए ।