साभार: रातोपाटी
कैलाली । सुदूरपश्चिम प्रदेशमा कोरोनासंक्रमणबाट मृत्यु हुनेको संख्या १९ पुगेको छ । सोमबार धनगढी उपमहानगरपालिका–३ बस्ने ५२ वर्षीय एक पुरुषको मृत्यु भएपछि कोरोनाबाट मृत्यु हुनेको संख्या १९ पुगेको हो ।
उनलाई असोज २० गते कोरोना पुष्टि भएको थियो भने स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना २३ गते गरिएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दीलिप कुमार श्रेष्ठले जानकारी दिए ।
यसअघि नै अछामका २, बैतडीका १, बझाङ्गका २, बाजुराका २, डडेल्धुराका १, कैलालीका ९ र कञ्चनपुरका १ जना कोरोनासंक्रमितको मृत्यु भइसकेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले रातोपाटीलाई जानकारी दिए ।
यसैगरी बितेको २४ घण्टामा विभिन्न अस्पतालबाट थप ८१ जनामा कोरोनासंक्रमण पुष्टि भएपछि सक्रिय संक्रमितको संख्या १ हजार २८२ पुगेको छ ।
Advertisement
कैलालीका २९, कञ्चनपुरका ५, बैतडीका ६, बझाङ्गका ६, डडेल्धुराका २०, दार्चुलाका १ र डोटीका १४ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयले जानकारी दिएको हो ।
सक्रिय संक्रमितमा अछामका ५५, बैतडीका ५०, बझाङ्गका १२२, बाजुराका ६, डडेल्धुराका ३७, दार्चुलाका ८३, डोटीका १३५, कैलालीका ६७३, कञ्चनपुरका ११८ जना रेका छन् । यस प्रदेशकका अन्य जिल्लामा बर्दियाका १, धनुषाका १ र सुर्खेतका १ रहेको सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले बताए ।
प्रदेशमा निको हुने संक्रमित संख्या पनि ६ हजार ९०४ पुगेको छ । विभिन्न अस्पताल बाट १९ जना डिस्चार्ज भएपछि निको हुने संक्रमितको संख्या ६ हजार ९०४ पुगेको उनले बताए । त्यसै गरी विभिन्न अस्पतालहरुमा ९६ कोरोना संक्रमितको उपचार भइरहेको छ ।
कैलालीको सेती प्रादेशिक अस्पताल धनगढीमा ३०, टिकापुर २५, महाकाली २५, अछाम १०, डोटी २, डडेल्धुरा ३ र दार्चुला अस्पतालमा १ जनाको उपचार भइरहेको छ ।