२०८१ कार्तिक ७

२४ घण्टामा थप ७०८ जनामा संक्रमण पुष्टि

नेपालमा पछिल्लो २४ घण्टामा थप ७ सय ८ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ५९ हजार ५४८ पुगेको छ । यो अवधिमा थप ७३१ जना निको भएका छन् । नेपालमा निको हुनेको संख्या २ लाख ५१ हजार ३१२ रहेको छ । 


Advertisement


पछिल्लो २४ घण्टामा थप ८ जनाले कोभिड–१९ को संक्रमणबाट ज्यान गुमाएका छन् । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या १ हजार ८४० रहेको छ । नेपालमा सक्रिय संक्रमितको संख्या ६ हजार ३९६ रहेको छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap