२०८१ मंसिर ४

यात्रुको विवरण नभरे उडान रद्ध गर्ने : क्यान

काठमाडौं । विदेशबाट आउने यात्रुमाथि निगरानी बढाउन नेपाल नागरिक उड्डयन प्राधिकरणले अन्तराष्ट्रिय वायुसेवा कम्पनीलाई निर्देशन दिएको छ । नेपालमा उडान गर्ने सम्पूर्ण अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई परिपत्र गर्दै आइतबार प्राधिकरणले यस्तो निर्देशन दिएको हो । सो अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरुले आफ्नो विमानमार्फत् यात्रा गर्ने सम्पूर्ण यात्रुको अनिवार्य रुपमा आईएचआर फर्म भर्नुपर्ने व्यवस्था गरेको छ । 


Advertisement


प्राधिकरणले जारी गरेको परिपत्रमा एयरलाइन्स कम्पनीलाई आफ्ना यात्रुको कोभिड रोकथाम समन्वय समिति (सीसीएमसी) ले जारी गरेको फर्म अनिवार्य रुपमा भर्न निर्देशन दिइएको छ । यस्तो निर्देशनको पालना नभएको पाइएमा उडान रद्ध गर्ने चेतावनी समेत क्यानले ती कम्पनीहरुलाई दिएको छ । 

प्राधिकरणको उडान अनुमति शाखाका प्रबन्धक ज्ञानेन्द्र भुलले नियमित रुपमा अन्तर्राष्ट्रिय उडान सुरु भएपछि स्वेच्छिक बनेको यस्तो विवरण संकलनलाई अहिले अनिवार्य गरिएको बताए । बेलायतमा नयाँ प्रकारको कोरोना महामारी फैलिएसँगै प्राधिकरणले नेपाल आउने सबै यात्रुको विवरण भर्न अनुरोध गरेको थियो । तर, बेलायतबाट आएका ५ सय ९३ जनामध्ये १ सय ९३ जनाको यस्तो नभरेको पाइएपछि क्यानले यस्तो चेतावनीसहितको पत्र लेखेको हो । 

बेलायतमा देखिएको नयाँ जातको कोरोना परीक्षण गर्ने प्रविधि नेपालसँग छैन । अहिले नेपालमा पीसीआर प्रविधिमार्फत् मात्रै परीक्षण हुँदै आएको छ । तर, यो भाइरस पत्ता लगाउन डब्लुजीएस (होल जीएनोम सिक्वेन्स टेष्ट) परीक्षण गर्नुपर्छ ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap