जनकपुर । प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको ढाड भाँच्ने काम गरेको बताएका छन् । उनले संविधान विपरित संसद विघटन गर्दै निर्वाचन घोषणा गरेको पनि दावी गरे । जनताको सर्वोच्च जनप्रतिधि संस्था प्रतिनिधि सभा विघटन गरेर जनताले तिरेको करमाथि ओलीले मनोमानी गरिरहेको मन्त्री यादवको भनाइ छ ।
Advertisement
आइतबार धनुषाको गणेशमान चारनाथ नगरपालिकाको न्यायीक समितिको इजलाशकक्ष उद्घाटन गर्दै मन्त्री यादवले प्रधानमन्त्री ओलीले संसद विघटन गरेर देशलाई अराजकतातर्फ धकेलेको तथा मुलुक र जनताले पीडा भोग्नुपरिरहेको पनि बताए ।
‘संघीयतालाई मजबुत गर्नुपर्ने बेलामा कमजोर पार्ने र जनताको जनजीवीकालाई सहज तुल्याउनुपर्ने बेलामा जनताकै ढाड भाँच्ने गरि करोडौको रकम दुरुपयोग गर्र्ने कार्य गर्नु निन्दनीय विषय हो’, मन्त्री यादवको भनाइ छ ।
साभार: रातोपाटी