२०८१ आश्विन ४

हिरासतमा रहेकालाई छुटाउँछु भन्दै रकम लिने पक्राउ

१८ माघ, काठमाडौं । प्रहरी हिरासतमा रहेका व्यक्तिहरुलाई छुटाइदिने भन्दै २ लाख १० हजार लिएको आरोपमा दुईजना पक्राउ परेका छन् ।

महानगरीय प्रहरी वृत्त जगातीको टोलीले सिन्धुलीका वीरबहादुर तामाङ र रामेछापका ग्याल्छेन लामालाई पक्राउ गरेको हो । जिल्ला अदालतबाट ठगी मुद्दामा ५ दिनको म्याद थप अनुमति लिएर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।


Advertisement


उनीहरुले गत कात्तिक १६ गते सुनौलो कछुवासहित पक्राउ परेका धावा लामा र राजकुमार घिसिङलाई विना कारबाही थुनामुक्त गराउँछौं भनेर रकम लिएको भन्दै प्रहरीमा उजुरी परेको थियो ।

Credit: OnlineKhabar

Copy link
Powered by Social Snap