२०८१ मंसिर ३

२४ घण्टामा थपिए १४२ संक्रमित, एकको मृत्यु

पछिल्लो २४ घण्टामा देशभर १४२ जना संक्रमित थपिएका छन् । ३ हजार ५९७ पीसीआर परीक्षण गर्दा ५२ जना महिला र ९० जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कूल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । आज थपिएका संक्रमितमध्ये ५५ जना काठमाडौँ उपत्यकाका रहेका छन् । यसमा २५ जना मuहिला र ३० जना पुरुष रहेका छन् ।


Advertisement


पछिल्लो २४ घण्टामा थप २०६ जना निको भएका छन् । हालसम्म नेपालमा २ लाख ६७ हजार ६५ जना निको भइसकेका छन् । नेपालमा निको हुने दर ९८.४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ जनाले ज्यान गुमाएका छन् । नेपालमा कोभिड–१९ बाट मृत्यु हुनेको कूल संख्या २ हजार ३१ रहेको छ ।

हाल संस्थागत आइसोलेसनमा ८८१ जना रहेका छन् भने आईसीयूमा ६१ र भेन्टिलेटरमा १७ जना रहेका छन् । भोजपुर, कालिकोट, रुकुम पश्चिम र मुगु संक्रमण मुक्त रहेका छन् भने काठमाडौँमा मात्र ५ सयभन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap