२०८१ मंसिर ४

कोरोना परीक्षण बन्द गर्दै जनस्वास्थ्यका कर्मचारीहरु आन्दोलनमा उत्रिए

प्रदेश २ का जनस्वास्थ्य प्रयोशालामा कार्यरत करारका कर्मचारीहरु कोरोना परीक्षण बन्द गर्दै आन्दोलनमा उत्रिएका छन् ।

करारका कर्मचारीहरुले तलबभत्ता नपाएको भन्दै आन्दोलन थालेका हुन् । प्रदेशको सामाजिक विकास मन्त्रालयले तलबभत्ता नदिएको भन्दै शुक्रबारदेखि पिसिआर परीक्षणसमेत बन्द गरेर आफूहरु आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको आन्दोलनरत कर्मचारीहरुको भनाइ छ ।


Advertisement


माइक्रोबायोलोजिस्ट अमरेन्द्र मिश्रले कोरोना महामारीको समयमा २४ सै घण्टा काम गरेको उल्लेख गर्दै अहिलेसम्म तलबभत्ता नदिएकाले बाध्य भएर कोरोना परीक्षणसमेत बन्द गरिएको बताए ।

कोरोना महामारीको समयमा आफुहरुले आफ्नो ज्यान जोखिममा राखेर काम गर्दासमेत प्रदेश सरकारले तलबभत्ता रोकेको पीडित कर्मचारीहरुको गुनासो छ ।

कोरोना परीक्षण बन्द हुँदा प्रयोगशालामा कोरोना परीक्षणका लागि दैनिक आउने सरदर १५० जना मानिस निराश भइ फर्किन बाध्य भएका छन् ।

मेडिकल माइक्रोबायोलोजिस्ट, मेडिकल ल्याब टेक्नोलोजिस्ट, ल्याब टेक्निसियन, ल्याब असिस्टेन्ट, कम्प्युटर अपरेटर, रिसेप्सनिष्ट, सवारी चालक, कार्यालय सहयोगी, स्विपर, सेक्युरिटी गार्ड लगायतका पदमा ३५ जना करारमा कर्मचारी प्रयोगशालाले भर्ना गरेको थियो । आन्दोलनरत कर्मचारीहरुले समाजिक विकास मन्त्रालय अगाडि समेत धर्ना दिएका थिए ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap