बृहत् नागरिक आन्दोलनको ब्यानरमा जेठ १० गते प्रेम विरोधी जात व्यवस्थाको प्रतिरोध दिवस मनाइने भएको छ । गत वर्ष गैर जातीय विवाहको विषयलाई लिएर निम्तिएको विवादपछि जाजरकोटका नवराज विश्वकर्मा र उनको पाँचजना साथीहरुको रुकुम पश्चिममा सामूहिक हत्या भएको थियो ।
Advertisement
जात व्यवस्थाको हिंस्रक चरित्र उजागर गर्ने त्यस हत्याकाण्डको प्रतिरोधी सम्झना गर्नेगरी जेठ १० मै प्रतिरोध दिवसको कार्यक्रम राखिएको बृहद नागरिक आन्दोलनले जनाएको छ । यस दिवसका अवसरमा केही दिनअघिदेखि नै विभिन्न व्यक्तिहरुको कविता, कला तथा भिडियो अभिव्यक्ती भर्चुअल माध्यमबाट प्रवाह गरिनेछ ।
त्यस्तै, जेठ १० गते भर्चुअल माध्यमबाटै प्रतिरोध कार्यक्रम आयोजना गरिने जनाइएको छ ।
साभार: रातोपाटी