२०८१ मंसिर ३

‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ’

कोरोना महामारीसँग लड्न आमनागरिकलाई स्वास्थ्य सेवा र कोरोनाविरूद्ध खोप सुनिश्चित गर्नुपर्ने बेला सरकारले संसद विघटन गरी मध्यावधि निर्वाचन घोषणा गरेको विरोधमा बृहत् नागरिक आन्दोलनले बुधबार कीर्तिपुर मार्च गरेको छ।


Advertisement


आमजनता महामारीसँग जुधिरहेका बेला सरकारको ध्यान सत्ता र निर्वाचन केन्द्रित देखिएपछि दबाब दिन निषेधाज्ञाकै बीच प्रदर्शन गर्नुपरेको नागरिक अभियन्ताहरूले बताएका छन्।

उनीहरूले पछिल्लो प्रतिनिधिसभा विघटनलाई प्रतिगमनको नयाँ शृंखला भनेका छन्।

नागरिक अभियन्ताहरूले निषेधाज्ञाबीच सामाजिक दुरी कायम राख्दै यो प्रदर्शन गरेका हुन्। उनीहरूले ‘गरिबलाई रोक्न गस्ती छ, शासकहरूलाई मात्र मस्ती छ’, ‘यो सरकारको छ के पारा- दुष्ट, भ्रष्ट, ज्यानमारा’, ‘मान्छेको लासमाथि लास छ, तिमीलाई भोटकै आस छ’ लगायत नारा लेखिएका प्लेकार्ड बाेकेर मार्चपास गरेका थिए। केही बेर कीर्तिपुर नगरपालिकाअगाडि धर्ना पनि दिएका थिए।

Copy link
Powered by Social Snap