२०८१ मंसिर ३

निरुदेवी पालले फिर्ता गरिन् गाडी

प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक समिति सभापति निरुदेवी पालले आफूले सभापतिको हैसियतले प्रयोग गर्दै आएको सवारी साधन आज फिर्ता गरेकी छन् । सङ्घीय संसद् सचिवालयले महिला तथा सामाजिक समिति सभापतिका हैसियतले उपलब्ध गराएको गाडी आज सकुशल सवारी शाखामा बुझाएकी हुन् ।


Advertisement


निवर्तमान सांसद  पालले कुरा गर्दै भनिन्, “प्रतिनिधिसभा विघटन भइसकेको छ, समिति सभापतिको हैसियतले मैले प्रयोग गर्दै आएको सवारी फिर्ता आज गरेको छु ।”

साभार: रातोपाटी

Copy link
Powered by Social Snap