२०८१ पुष ७

छात्रा मृत्यु प्रकरणः हत्या भएको आशंका, प्रेमी पक्राउ

दमकको लाइफलाइन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनरत छात्रा सेजल कोइरालाको बलात्कारपछि हत्या भएको आशङ्कामा प्रहरीले एक आरोपीलाई नियन्त्रणमा लिएको छ ।

पीडित परिवारको तर्फबाट किटानी जाहेरी र मृतकको परीक्षण रिपोर्ट आएपछि प्रहरीले घटनामा संलग्न भएको आशङ्कामा भोजपुर जिल्ला घर भई हाल दमकमा बस्दै आएका अरुण राईलाई मङ्गलबार नियन्त्रणमा लिइएको जनाइएको छ । अरुण र सेजलबीच प्रेम सम्बन्ध रहेको बताइएको छ ।


Advertisement

[resize output image]

आरोपितलाई म्याद थपका लागि आज जिल्ला अदालतमा पेश गर्ने तयारी भइरहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

 दमक–५ स्थित एक घरमा डेरा गरी बस्दै आएका सेजल प्रतिष्ठानको रेडियोलोजी तेस्रो वर्षमा अध्ययनरत थिइन् । इलाम देउमाई नगरपालिका–४ मङ्गलबारेकी सेजल आफ्नै शौचालयको कमोडमा गत जेठ २७ गते साँझ बेहोस अवस्थामा भेटिएकी भन्दै साथीहरूले उपचारका लागि लाइफलाइन अस्पतालमा ल्याएका थिए । अस्पताल पु¥याउने बित्तिकै सेजलको मृत्यु भएको थियो ।

साभार: रातोपाटी

Copy link