


सभामुख अग्निप्रसाद सापकोटाले सिन्धुपाल्चोकको बाढी र पहिरोको अवलोकन गरेका छन् । सिन्धुपाल्चोकका निवर्तमान सांसदसमेत रहेका सापकोटाको टोलीले पहिरो गएको ठाउँमा हेलिकोप्टरबाट अवलोकन गरेका हुन् ।
Advertisement



सभामुखसँगै हेलिकोप्टरबाट निरीक्षण गरेर फर्केका नेकपा माओवादी केन्द्रका नेता युवराज दुलालले भने, ‘हामीले मेलम्चीभन्दा धेरै माथि पुगेर पहिरो कहाँबाट खसेको रहेछ भनेर पत्ता लगाउने कोसिस गर्यौं, तर पहिरो खसेको मुहान पत्ता लाग्न सकेन ।’

सिन्धुपाल्चोकको मेलम्ची खोलामा मंगलबार साँझदेखि आएको बाढीका कारण हेलम्बु गाउँपालिका लगायतका स्थानमा निकै ठूलो क्षति भएको छ । बाढीमा परेर एक जनाको मृत्यु भएको छ भने ७ जना बेपत्ता भएका छन् ।
साभार: रातोपाटी


