२०८१ पुष २६

दुई ठेकेदारको विवादमा सेनाका उच्च अधिकृतको प्रवेश !

नेपाली सेनाका सहायक रथी हेमराज केसी ठेकेदारबीचको विवादमा मुछिएका छन् । रथी केसीमाथि शक्तिको आडमा धाक धम्की दिएको आरोप लागेको छ । तर केसीले भने आफूमाथि लागेको आरोप अस्वीकार गरेका छन् ।


Advertisement


ठेकेदारहरू राजकिशोर साह र प्रेमकुमार मल्लबीचको विवादमा रथी केसी मुछिन पुगेका हुन् । ठेकेदार मल्ल रथी केसीका नातामा सम्धी पर्छन् । साह र मल्लबीच जग्गा विवादमा साहले मल्लमाथि ठगीको मुद्दा हालेको तर उक्त मुद्दा फिर्ता लिन केसीले दवाव दिएको ठेकेदार साहको भनाइ छ । 

सिरहाको चोहर्वास्थित नेपाली सेनाको २७ नम्बर बाहिनीका सहायक रथी केसीले धनुषाका प्रहरी उपरीक्षक प्रकाश रानाभाटसँग मिलेर सरकारी वकिल सीताराम अर्याललाई समेत दबाव र प्रभावमा पार्दै ठगी मुद्दाका अभियुक्त प्रेमकुमार मल्ललाई उन्मुक्ति दिलाउन खोजेको आरोप ठेकेदार साहको आरोप छ ।

ठेकेदार मल्ल ललितपुर सानेपास्थित प्रेरा निर्माण सेवाका सञ्चालक हुन् । व्यवसायीक साझेदार राजकुमार गुप्तासँग जग्गा खरिद प्रकरणमा मल्लमाथि ठगी मुद्दा परेको छ ।

ठगी मुद्दामा प्रहरी हिरासतमा रहेका मल्ललाई अदालतमा पेस नै नगरी छाडिएको भन्दै साहले बुधबार पत्रकार सम्मेलन गरेर गुनासो गरेका छन् । उनले दवावमा मल्ललाई अनुसन्धान नै नगरी छाडिएपछि आफूलाई समेत सुरक्षा खतरा उत्पन्न भएको गुनासो गरेका छन् ।

पहिला साझेदारी, पछि मुद्दामामिला

ठेकेदार मल्लले जनकपुरका राजकुमार साहसँग साझेदारीमै ठेक्कापट्टा गर्दै आएका थिए । ३ वर्ष पहिले साहले जनकपुरधामस्थित थापा चोकमा २२ धुर जग्गा ठेकेदार मल्लको नाममा पास गरिदिए ।

व्यवसाय गर्न भन्दै मल्लको नाममा पास गरिएको उक्त जग्गा सम्झौता विपरीत जानकारी नै नदिई मल्लले बेचेको भन्दै साहले जिल्ला प्रहरी कार्यालय धनुषामा ठगी मुद्दा दर्ता गराए ।

‘फिर्ता गर्ने सर्तमा मल्लको नाममा जग्गा पास गरिदिएका थियौं’, उनले भने, ‘तर मलाई जानकारी नै नदिई जग्गा बेचेको थाहा पाएँ । अहिले म घर न घाटको भएको छु’ उक्त जग्गा १० करोड रूपैयाँ भन्दा बढी मूल्यको रहेको साहको भनाइ छ ।

ठगीको उजुरीपछि मल्लको सम्पत्ति र विभिन्न बैंकमा रहेका खाता प्रहरीले रोक्का गरेको छ ।

साहले सहायक रथी केसीमाथि विभिन्न आरोप लगाइरहेका बेला मल्लले भने प्रक्रिया पु¥याएर सम्धीलाई हिरासतबाट मुक्त गरेको बताएका छन् । उनले कसैलाई धाक धम्की र दवाव समेत नदिएको दावी गरे । 

‘मल्लजी र मेरोे सम्बन्ध ३ वर्षयताको मात्रै हो तर राजकिशोरजी मल्लजीको सम्बन्ध करिब ३५ वर्ष लामो समय हो । मैले उनीहरुबीचको बिबाद सहमतिमा समाधान गर्न सुझाव दिएपनि अरु केही गरेको छैन । ममाथि लगाएका आरोप झुठा हुन्’, केसीले रातोपाटीसँग भने । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap