२०८१ पुष २५

लगातार दोस्रो फाइनलमा पुग्ने लक्ष्यमा ब्राजिल

कोपा अमेरिका २०२१ को पहिलो सेमिफाइनलमा मंगलबार विहान आयोजक ब्राजिल र पेरूबीच खेल हुँदैछ।

साविक विजेता ब्राजिल र पेरूबीचको खेल रियो दि जेनेरियोमा विहान ४:४५ बजे सुरू हुनेछ। 

कोपा अमेरिका २०२१ मा ब्राजिल र पेरूबीच दोस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। यसअघि समूह चरणमा भएको खेलमा ब्राजिलले पेरूलाई ४-० गोलले पराजित गरेको थियो। 


Advertisement


ब्राजिलले अन्तिम आठमा चिलीमाथि १-० को जित निकाल्दै अन्तिम चारमा स्थान पक्का गरेको हो। 

पेरूले पाराग्वेलाई पेनाल्टी सुटआउटमा ४-३ ले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको थियो। 

खेलमा ब्राजिलका फरवार्ड गाब्रियल जेसस उपलब्ध हुनेछैनन्। चिलीविरुद्धको खेलमा रातो कार्ड पाएका कारण उनी एक खेलको प्रतिबन्धमा छन्। 

नेइमारसँगै रिचार्लीसन र रोबर्टो फिर्मिनो अग्रपंक्तिमा हुनेछन्। फ्रेड र कासेमिरो मिडफिल्डेनमा हुनेछन्। 

एथ्लेटिको म्याड्रिडका डिफेन्डर फिलिप घाइते भएका कारण पेरूविरुद्ध खेल्नेछैनन्। 

पेरुका विंगर आन्द्रे करिल्लो पनि रातो कार्डका कारण ब्राजिलविरुद्ध खेल्नेछैनन्। 

ब्राजिल पछिल्लो ११ खेलमा अपराजित छ। सन् २०२० र २०२१ खेलेका आठ खेलमा ब्राजिलले गोल खाएको छैन। 

पेरुले पछिल्लो पटक सन् १९९५ मा कोपाको उपाधि जितेको थियो। सन् २०१९ को फाइनलमा पुगेको पेरू उपाधि भिडन्तमा ब्राजिलसँग पराजित भएको थियो।

Copy link
Powered by Social Snap