२०८१ पुष २६

१४औं साग २०२३ को मार्चमा पाकिस्तानमा, २७ खेलमा प्रतिस्पर्धा हुने

फाइल तस्बिर : सन् २०१९ मा नेपालमा भएको सागको समापनमा पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिँदै।

दक्षिण एसियाली ओलम्पिक काउन्सिलको बैठकले १४औं दक्षिण एसियाली खेलकुद (साग) सन् २०२३ को मार्चमा पाकिस्तानमा गर्ने निर्णय गरेको छ। 

१३औं साग सन् २०१९ को डिसेम्बरमा नेपालमा आयोजना भएको थियो। १३औं सागको समापनमा १४औं सागका लागि पाकिस्तानलाई झण्डा हस्तान्तरण गरिएको थियो।

साग प्रत्येक दुई दुई वर्षमा हुने भए पनि कोभिडका कारण १४औं साग तीन वर्षको अन्तरालमा हुने भएको हो।


Advertisement


१४ औं सागको आयोजक देश पाकिस्तान ओलम्पिक कमिटीका अध्यक्षको अध्यक्षतामा सोमबार भर्चुअल बैठक बसेको थियो। 

बैठकमा नेपालको तर्फबाट नेपाल ओलम्पिक कमिटीका महासचिव निलेन्द्रराज श्रेष्ठले सहभागिता जनाएका थिए।  

बैठकमा नेपाल र पाकिस्तानसँगै भारत, बंगलादेश, श्रीलंका, माल्दिभ्स र भुटान ओलम्पिक कमिटीका अध्यक्ष तथा महासचिवको सहभागिता थियो।

बैठकले आउँदा दिनमा भर्चुअल बैठक मार्फत् आवश्यक छलफल गर्ने निर्णय गरेको छ। यस्तै १४ औं २०२३ को मार्चमा पाकिस्तानले आयोजना गर्ने र सागमा २७ खेलमा प्रतिस्पर्धा गराउने निर्णय भएको छ। 

मुख्य खेलहरू पाकिस्तानको लाहोरमा हुनेछन् भने बाँकी खेल फैसलावाद, गुजरनवाला, इस्लामावाद र सिलाकोटमा आयोजना हुनेछन्।

आयोजना हुने खेलस्थल निरक्षण गर्न सागका ओलम्पिक कमिटीलाई २०२१ को अन्त्यमा निमन्त्रणf गर्ने पनि निर्णय भएको छ।

Copy link
Powered by Social Snap