२०८१ मंसिर ४

बालुवाटार छाड्नुअघि प्रधानमन्त्री ओलीले २ बजे सम्बोधन गर्दै

प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटार छाड्नुअघि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन्।


Advertisement


प्रधानमन्त्री ओलीले दिउँसो २ बजे सम्बोधन गर्ने तयारी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए।

सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपतिलाई आज ५ बजेसम्मको समय दिएको छ। त्यसअघि नै प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने तयारी गरेका हुन्।

यसैबीच आजै दिउँसो १ बजे बालुवाटारमा बस्ने भनिएको नेकपा एमालेको स्थायी समिति बैठक स्थगित भएको एमाले पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए।

Copy link
Powered by Social Snap