२०८१ पुष २६

पाकिस्तानविरूद्धको एकदिवसीय सिरिज इंग्ल्यान्डले गर्‍यो ‘क्लिन स्विप’

पाकिस्तानविरूद्धको एकदिवसीय सिरिज इंग्ल्यान्डले क्लिन स्विप गरेको छ। मंगलबार राति सम्पन्न तेस्रो एकदिवसीय खेल पनि जित्दै इंग्ल्यान्डले सिरिज ३-० ले कब्जा गरेको हो। 


Advertisement


बर्मिङघममा पहिले ब्याटिङ गरेको पाकिस्तानले ९ विकेटको क्षतिमा ३३१ रन जोडेको थियो। 

पाकिस्तानका लागि कप्तान बाबर अजामले शतक प्रहार गरे। उनले १५८ रन जोडे। १३९ बल खेलेका उनले १४ चौका र ४ छक्का प्रहार गरे। 

मोहमद रिजवानले ७४ रन र ओपनर इमाम उल हकले ५६ रनको योगदान दिए। 

बलिङमा इंग्ल्यान्डका ब्रायडन कार्सले पाँच विकेट लिन सफल भए। उनले १० ओभरमा ६१ रन खर्चिए। 

३३२ रनको लक्ष्य इंग्ल्यान्डले ७ विकेटको क्षतिमा ४८ ओभरमा पूरा गर्‍यो। इंग्ल्यान्डका लागि जेम्स भिन्सले १०२ रनको शतकीय पारी खेले। 

लेविस ग्रेगरीले ७७ रन बटुल्दा इंग्ल्यान्डको जित सम्भव भएको थियो। 

बलिङमा पाकिस्तानका हरिस राउफले ४ विकेट र सादब खानले २ विकेट हात पारे।

इंग्ल्यान्डका जेम्स भिन्स प्लेयर अफ दि म्याच र सकिब मोहमुद प्लेयर अफ दि सिरिज घोषित भए।

Copy link
Powered by Social Snap