२०८१ पुष २६

फुटबल टिमको प्रशिक्षणबाट १४ खेलाडी बाहिरिए

नेपाली राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन्।

प्रमुख प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले दोस्रो चरणमा ३६ खेलाडीलाई स्थान दिएका छन् भने १४ खेलाडीलाई छनोट गरेका छैनन्। 


Advertisement


नेपाली टिम साफ च्याम्पियनसिप र एएफसी एसियन कप छनोटको तयारीका लागि बन्द प्रशिक्षणमा छ।

नेपाली टिमबाट गोलकिपर विशाल सुनारसँगै अमित तामाङ, विवेक बस्नेत, दर्शन गुरुङ, दोना थापा, गौरव बुढाथोकी, मिक्चेन तामाङ, निरज बस्नेत, निशान खड्का, प्रिजन तामाङ, रवि पासवान, सेसेहाङ आङदेम्बे, शिशिर लेखी र सुदील राई बाहिरिएका हुन्। 

मिडफिल्डर विक्रम लामा अहिले टिमसँगै अभ्यास गरिरहेका छन्। यदि पूर्ण फिट भएमा उनी राष्ट्रिय टिममा पर्नेछन्।

साफ च्याम्पियनसिप १४ देखि २५ सेप्टेम्बरसम्म बंगलादेशमा हुने तय भए पनि पक्का भइसकेको छैन। 

एसियन कपको अन्तिम छनोट सन् २०२२ को १ फेब्रुअरीदेखि हुनेछ। नेपालसहित २४ टिमले एसियन कपको अन्तिम छनोटमा खेल्नेछन्।

नेपाली टिम 
अपर्ण कार्की (गोलकिपर), विकेश कुथु (गोलकिपर), विशाल श्रेष्ठ (गोलकिपर), दीप कार्की (गोलकिपर), किरणकुमार लिम्बु (गोलकिपर), आशिष लामा, अभिषेक रिजाल, अनन्त तामाङ, अन्जन विष्ट, एरिक विष्ट, आयुष घलान, भरत खवास, विशाल राई, दिनेश राजवंशी, गौतम श्रेष्ठ, जर्जप्रिन्स कार्की, कमल थापा, मनिष डाँगी, नवयुग श्रेष्ठ, नितिन थापा, प्रकाश बुढाथोकी, पुजन उपरकोटी, राजन गुरुङ, रजीन धिमाल, राजिव लोप्चन, रन्दीप पौडेल, रोहित चन्द, सन्जोक राई, सन्तोष तामाङ,  सुजल श्रेष्ठ, सुमन अर्याल, सुमन लामा, सुनील बल, सुरज ज्यु ठकुरी, तेज तामाङ, त्रिदेव गुरुङ

Copy link
Powered by Social Snap