२०८१ पुष १२

परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ

नेपाल मेडिकल काउन्सिलले लिने परीक्षामा फेल भएका ‘डाक्टर’ कीर्ते आरोपमा पक्राउ परेका छन् । ललितपुर महानगरपालिका वडा नं २ का ३६ वर्षीय विजय श्याम रंजितलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले आइतबार पक्राउ गरेको हो । 


Advertisement


काउन्सिलबाट चिकित्सकको रुपमा दर्ता हुनको लागि चाहिने दर्ता प्रमाणपत्रको प्रवेश परीक्षामा फेल भएका उनले काउन्सिलको स्थाई दर्ता प्रमाण पत्र नम्बर १०८५५ को प्रमाण पत्रमा कीर्ते गरेर काउन्सिलको छाप लगाई, रजिष्ट्रारको दस्तखतसमेत गरेको उजुरी परेको थियो । 

सोबारे छानबिनपछि उनले कीर्ते गरेको पाइएसँगै ब्युरोको टोलीले उनलाई महाराजगंजबाट पक्राउ गरेको हो । 
उनलाई  कानून बमोजिम “लिखत सम्वन्धि कसूर अपराधमा” कारवाहीको लागि जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिएको ब्यूरोका प्रवक्ता श्यामकुमार महतोले जानकारी दिए । 

साभार: रातोपाटी

Copy link
Powered by Social Snap