नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेमजोङले समाधान खोज्न आग्रह गरेका छन्।
नेपाली राष्ट्रिय फुटबल टिमका प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले अखिल नेपाल फुटबल संघ (एन्फा) वरिष्ठ उपाध्यक्ष पंकजबिक्रम नेम्बाङको कारण राजीनामा दिने घोषणा गरेपछि कप्तान किरणले समाधान खोज्न आग्रह गरेका हुन्।
Advertisement
किरणले फेसबुकमा लेखेका छन्,’राष्ट्रिय टिम एक परिवार हो। हामी कहिले माथि र तल पुगेका छौं। हामीलाई थाहा छैन को सही र को गलत छ। तर हामी एक राष्ट्रिय टिमका रूपमा कुनै सदस्य गुमाउन चाहँदैनौं। यो समय आगामी खेल र प्रतिस्पर्धाका लागि एकजुट हुने समय हो, कृपया गल्ती होइन समाधान खोज्नुहोस्।’
यसअघि आइतबार अलमुताइरीले नेम्बाङका कारण आफूले राजीनामा दिन गएको भन्दै फेसबुकमा लेखेका थिए। उनले अहिलेसम्म राजीनामा भने दिएका छैनन्।
नेपाली फुटबलप्रेमीको अथाह माया पाएका अलमुताइरी अहिले आराम गरिरहेको एन्फाको भनाइ छ। उनको राजीनामा घोषणापछि वरिष्ठ उपाध्यक्ष नेम्बाङमाथि सामाजिक सञ्जालमा नाकारात्मक प्रतिक्रियाको ओइरो लागेको छ।