२०८१ पुष २६

स्थायी कमिटी बैठकअघि विघटित कार्यदलका नेताबीच दुई एजेन्डामा छलफल

नेकपा एमालेका विघटित कार्यदलका सदस्यहरूको अनौपचारिक बैठक सकिएको छ।

स्थायी कमिटी बैठकअघि उनीहरूबीच छलफल भएको थियो।


Advertisement


कार्यदलले तयार गरेको १० बुँदे सहमतिको कार्यान्वयन र दुई अध्यक्ष राख्ने गरी छलफल अगाडि बढेको एक सदस्यले बताए।

‘अबको एकताको आधार भनेको १० बुँदे सहमति कार्यान्वयन र दुई अध्यक्ष कायम राख्ने कुरा हो’, ती सदस्यले भने,‘त्यसमा जो मान्दैनन्, त्यसपछि अर्को तरिकाको उपाय निकालिन्छ।’

शनिबार सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा ओलीका तर्फबाट विष्णु पौडेल, सुवास नेम्वाङ, प्रदीप ज्ञवाली र नेपाल पक्षबाट भीम रावल, सुरेन्द्र पाण्डे र गोकर्ण विष्ट लगायतका नेता सहभागी थिए।

यद्यपि आज बस्ने भनिएको बैठकमा नेपाल पक्ष भने सहभागी नहुने भएको छ।

Copy link
Powered by Social Snap