२०८१ पुष २६

दुई महिना पछि धकेलियो ए डिभिजन लिग, विजेतालाई ७५ लाख

सहिद स्मारक ए डिभिजन लिग पूर्व निर्धारित मिति भन्दा करिब २ महिना पछि सर्ने भएको छ । यसअघि असोज ३ गतेबाट सुरु गर्ने भनिएको लिग कात्तिक २९ गतेबाट सुरु गर्ने निर्णय भएको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।

अक्टोबरको पहिलो साता साफ च्याम्पियनसिप आयोजना हुने भएकाले त्यसलाई ध्यानमा राख्दै लिग सारिएको एन्फाले जनाएको छ। एन्फा र सहभागी १४ क्लबका प्रतिनिधिबीच आइतबार भएको बैठकले मिति सार्ने निर्णय गर्नुका साथै पुरस्कार राशीमा पनि वृद्धि गरेको छ ।


Advertisement


अखिल नेपाल फुटबल संघ (एन्फा) ले आइतबार डिभिजन लिगको विजेताले ७५ लाख पाउने बताएको हो।

एन्फाले यस पटक पुरस्कार राशिमा वृद्धि गरेर ७५ लाख पुर्‍याएको हो। यसअघिको सिजनमा च्याम्पियनले ५० लाख रूपैयाँ प्राप्त गरेको थियो। नयाँ सिजनको लिगको  उपविजेताले ५० लाख प्राप्त गर्दा तेस्रोले २५ लाख पाउने एन्फाले जनाएको छ ।

यस्तै एन्फाले क्लबलाई तयारी खर्चको लागि २०/२० लाख समेत उपलब्ध गराउने छ।

परिवर्तन गरिएको तालिका अनुसार लिग आगामी कात्तिक २९ गतेबाट हुनेछ। ए डिभिजनका १४ क्लबसँग छलफल गर्दै लिगको नयाँ मिति तय गरेको हो। सोही छलफलबाट सहभागि क्लब लिग खेल्न सहमति भएको जनाएको हो।

यसअघि ललितपुरका चार क्लबले महामारीलाई कारण देखाउँदै असोज ३ बाट लिग खेल्न नसक्ने भन्दै ज्ञापन पत्र बुझाएका थिए ।

यसपटक पुछारका दुई  क्लब बी डिभिजनमा झर्नेछन्। लिग सिंगल राउन्ड रोबिनमा हुनेछ।

Copy link
Powered by Social Snap