२०८२ मंसिर २८

माओवादी छाडेका जनप्रतिनिधिलाई प्रचण्डको भ्याकेटबारे जानकारी दिन सर्वोच्चको आदेश

नेकपा (माओवादी केन्द्र)बाट स्थानीय निकायमा निर्वाचित भएर एमालेमा प्रवेश गरेका जनप्रतिनिधिलाई पुष्पकमल दाहाल ‘प्रचण्ड’को भ्याकेटबारे जानकारी दिन सर्वोच्च अदालतले आदेश गरेको छ ।

बिहीबार न्यायाधीशहरू आनन्दमोहन भट्टराई, बमकुमार श्रेष्ठ र मनोजकुमार शर्माको इजलासले जनप्रतिनिधिलाई भ्याकेट बारे जानकारी दिन आदेश गरेको हो । तीन न्यायाधीशको पूर्ण इजलासले सो मुद्दामा अर्को पेशी तोक्न आदेश गरेको छ ।


Advertisement


सर्वोच्चले यसअघि माओवादी केन्द्रले गरेको कारबाही तत्काल कार्यान्वयन नगर्न माओवादी केन्द्रको नाममा अन्तरिम आदेश दिएको थियो । सो आदेशविरुद्ध प्रचण्डले साउन ७ मा भ्याकेट निवेदन दर्ता गराएका थिए ।

नेकपा विभाजनपछि एमालेतर्फ लागेका स्थानीय जनप्रतिनिधिलाई माओवादीले कारबाही गरेपछि उनीहरू अदालत गएका थिए । माओवादी केन्द्रले फागुन २३ मा एमालेमा लागेका मेयर, उपमेयर, गाउँपालिकाका र वडाका जनप्रतिनिधिलाई कारबाही गरेको थियो ।

साभार: रातोपाटी

Copy link
Powered by Social Snap