२०८१ पुष ८

गृहमन्त्री खाण र चिनियाँ राजदूतबीच भेटवार्ता

गृहमन्त्री बालकृष्ण खाण र चिनियाँ राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ।


Advertisement


गृह मन्त्रालयमा भएको भेटवार्तामा राजदूत यान्छीले सरकारको सफलताको शुभकामना दिएकी थिइन्।

भेटवार्तामा नेपाल-चीन मित्रतालाई थप उचाइमा पुर्‍याउन चाहेको उनले उल्लेख गरेकी थिइन्।

गृहमन्त्री खाणले चिनियाँ सरकारले नेपाललाई गर्दै आएको सहयोगबारे धन्यबाद दिएका थिए। चीनले कोरोना खोप उपलब्ध गराएकोमा गृहमन्त्री खाणले धन्यबाद दिएको उनको सचिवालयले जनाएको छ।

Copy link
Powered by Social Snap