२०८१ पुष ९

नेपालमा हुने भनिएको एएफसी महिला एसियन कपको छनोट उज्वेकिस्तानमा हुने

नेपालमा तय भएको एएफसी महिला एसियन कप–२०२२ छनोट खेल अन्र्गत समूह एफको खेल तटस्थ स्थल उज्वेकिस्तानमा हुने भएको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का महासचिव इन्द्रमान तुलाधरका अनुसार कोरोनाका कारण नेपालमा तय भएको छनोट खेल उज्वेकिस्तानमा हुने भएको हो।


Advertisement


महासचिव तुलाधरका अनुसार एसियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना बढ्दो क्रममा रहेको भन्दै नेपालमा हुने प्रतियोगिता उज्वेकिस्तानमा सारेको जानकारी एन्फालाई गराएको हो।

यसअघि जारी गरेको तालिका अनुसार नेपालले समूह ‘एफ’ को छनोट खेल दशरथ रङ्गशालामा आयोजना गर्ने तालिका थियो।  नेपाल सम्मिलित समूहमा हङकङ र फिलिपिन्स छन्।

छनोट खेलका लागि नेपाली राष्ट्रिय महिला टोली अहिले अभ्यासमा छ। घरेलु मैदानमा हुने आशाका साथ बलिया राष्ट्रविरूद्ध राम्रो गर्ने लक्ष्यसहित नेपाली टोलीले अभ्यास गरिरहेको थियो।

एन्फाले महिला टिमलाई बन्द प्रशिक्षणमा राखेर छनोटको तयारी गरिरहेको छ । मुख्य प्रशिक्षक ग्यारी फिलिप्सले ४५ खेलाडीलाई बन्द प्रशिक्षणका लागि बोलाएका छन् । एन्फाले बङ्गलादेशलगायतका देशसँग मैत्रीपूर्ण फुटबलको तयारी समेत गरेको छ ।

आयोजक एएफसीले २८ टोलीलाई चार समूहमा चार–चार र अर्को चार समूहमा तीन–तीन टोलीलाई समावेश गरेर छनोट खेलाउँदै छ। समूह शीर्ष टोली अघिल्लो चरण प्रवेश गर्नेछन्। प्रतियोगिता २०२२ मा भारतका तीन सहरमा हुँदै छ। 

Copy link
Powered by Social Snap