२०८१ पुष १०

मेसी गएपछि सर्जियो बुस्केट बार्सिलोनाको नयाँ कप्तान

लियोनल मेसी क्लबबाट बाहिरिएपछि बार्सिलोनाको कप्तानमा सर्जियो बुस्केट नियुक्त भएका छन्। उनलाई क्लबले २०२१-२२ को सिजनका लागि कप्तानमा नियुक्त गरेको हो ।


Advertisement


बार्सिलोनाले बुस्केटसँगै एक कप्तानी टिमसमेत बनाएको छ। जोरार्ड पिके, सर्जि रोवर्टो र जोर्दी अल्बा कप्तानको सूचीमा छन् ।

सन् २०१८/१९ को सिजनदेखि मेसीले बार्सिलोनाको कप्तानी सम्हाल्दै आएका थिए। मेसीले आन्द्रे इनिस्टापछि टोलीको नेतृत्व गरेका थिए। उनको कप्तानीमा बार्साले एक ला लिगा र एक कोपा डेल रे जितेको थियो ।

मेसीको कप्तानीमा उपकप्तान रहेका बुस्केट सन् २००५ देखि बार्सासँग आबद्ध भएका हुन्। उनी सन् २००८ देखि निरन्तर बार्साको लागि खेलिरहेका छन् ।

स्पेनिस टोलीका कप्तान समेत रहेका बुस्केटले यसै वर्षको युरोकप २०२० मा टोलीको नेतृत्व गरेका थिए।
 

Copy link
Powered by Social Snap