२०८१ पुष २५

भिल्लारियललाई हराउँदै चेल्सी सुपर कप च्याम्पियन

भिल्लारियललाई हराउँदै चेल्सीले यूईएफए सुपर कपको उपाधि जितेको छ। 

सिजनको पहिलो उपाधि जित्ने क्रममा चेल्सीले बिहीबार बिहान सडेनडेथमा भिल्लारियललाई ६-५ गोल अन्तरले हराउँदै उपाधि जितेको हो।

निर्धारित समयको खेलमा १–१ गोलको बराबरी र अतिरिक्त समयमा गोल हुन नसकेपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको हो । जसमा चेल्सीले बाजी मारेको हो । 


Advertisement


पेनाल्टीमा चेल्सीका लागि काई हाभर्टजको सुरूआती प्रहार भिल्लारियलका गोलरक्षक सर्जियो एसेन्जोले बचाएका थिए। त्यसपछि चेल्सीको सबै ६ पेनाल्टी गोल भएको थियो। उसका लागि सेसर एज्पिलिक्वेटा, मार्कोस अलन्सो, मासन माउन्ट, जर्गिन्हो, क्रिस्टियन पुलिसिस र एन्टेनियो रुडिगरले गोल गरे।

भिल्लारियलका लागि दोस्रो र अन्तिम प्रहार गोल भएन। उसका लागि जेरार्ड मोरेनो,पेर्भिस स्टुपिनान, मोइ गोमेज ड्यानियल रावा र जुआन फोयथले गोल गरेका थिए। एइसा मान्दी र राहुल अल्विओलको प्रहारलाई गोलरक्षक केपाले बचाउँदै चेल्सीलाई च्याम्पियन बनाए। 

यसअघि वाइन्ड सर पार्क वेलफास्टमा खेलको २७ औं मिनेटमा हाकिम जियाचको गोलबाट चेल्सीले सुरूवाती अग्रता लिएको थियो। पहिलो हाफसम्म १-० ले पछि परेको रियलका लागि ७३ औं मिनेटमा जेरार्ड मोरिनोले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए।

चेल्सी गत सिजनको च्याम्पियन्स लिग विजेता हो भने भिल्ला रियल युरोपा लिग विजेता हो। चेल्सीले प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीलाई हराउँदै गत सिजनको च्याम्पियन्स लिगको विजेता बनेको थियो । भिल्लारियलले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडलाई हराउँदै उपाधि जितेको थियो ।

युईएफले हरेक वर्ष सिजन सुरू हुनु अघि युरोपेली क्लब फुटबलका दुई ठूला प्रतियोगिताका विजेतालाई मैदान उतार्ने गर्छ।

नयाँ सिजन सुरू हुनुअघि दुवै टिम सुपर कपका लागि प्रतिस्पर्धामा उत्रिएका थिए।

Copy link
Powered by Social Snap