२०८१ मंसिर ३

गण्डकी प्रदेशमा ३१७ जनामा कोरोना सङ्क्रमण पुष्टि, थप १० जनाको मृत्यु

प्रदेशका ५ जिल्लामा गरिएको नमुना परीक्षणमा सबै भन्दा धेरै कास्कीमा सङ्क्रमित भेटिएको प्रदेश स्वास्थ्य आपत्कालीन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । 


Advertisement


उनका अनुसार कास्की १९६ बागलुङ ३७, स्याङ्जा १५, म्याग्दी १, पर्वत १,गोरखा १, लमजुङ १ तनहुँमा ३५ र नवलपुरमा ४० जनामा सङ्क्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या ७५ हजार ३०६ पुगेको छ ।

गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत १० जनाको मृत्यु भएको छ । कोरोना सङ्क्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१० का ९० वर्षीय पुरुष, पोखरा–१६ का ४८ वर्षीय पुरुष, पोखरा–१७ का ६० वर्षीय पुरुष, पोखरा–५ का ९२ वर्षीय पुरुष र पोखरा–२८ का ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनीहरू पाँचै जनाको पोखराका विभिन्न अस्पतालहरूमा उपचारका क्रममा मृत्यु भएको हो ।

त्यसैगरी म्याग्दीको ,बेनी नगरपालिका–३ की ८२ वर्षीय महिला, नवलपरासी पूर्व, देवचुली–१० की ५० वर्षीय महिला,बागलुङ नगरपालिका –१२ की ६४ वर्षीय महिला,स्याङ्जा,पुतलीबजार–२ की १६ वर्षीय महिला र गोरखा भीमसेन थापा–८ का ७२ वर्षीय कोरोना सङ्क्रमित पुरुषको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १ हजार १८० जना पुगेको छ।

गण्डकी प्रदेशमा हालसम्म ६८ हजार २४ जना कोरोना भाइरस सङ्क्रमणमुक्त भएका छन् । प्रदेशमा शनिबार मात्र सङ्क्रमणमुक्त हुनेको सङ्ख्या ५०८ रहेको छ । 

गण्डकीमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ६ हजार १०२ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।  

साभार: रातोपाटी

Copy link
Powered by Social Snap