२०८१ मंसिर ४

भदौ १८ मै वडा अधिवेशन गरेपछि पार्टी वैधानिकतामा प्रश्न उठ्दैन: रामचन्द्र पौडेल

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले भदौ १८ गते वडा अधिवेशन गरेपछि पार्टी वैधानिकताबारे समस्या नआउने बताएका छन्। कांग्रेसले छ हजार सात सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने कार्यतालिका ल्याएको छ।


Advertisement


तर कांग्रेसको विधान र संविधानको व्यवस्थाअनुसार सभापति शेरबहादुर देउवाको कार्यकाल भदौ २३ गतेसम्म मात्रै छ।

चार वर्ष नियमित कार्यकाल सकेपछि सभापति देउवाले विधानअनुसार एक वर्ष र संविधानअनुसार थप छ महिना गरी कूल पाँच वर्ष छ महिनाको कार्यकाल पुर्‍याएका थिए, जुन भदौ २३ गते सकिँदैछ।

यसअघि वरिष्ठ नेता पौडेलले नै पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवासमा आफूपक्षका नेताहरूसँग बैठक गरेपछि भदौ २३ पछि अहिलेको कार्यसमिति नरहने अभिव्यक्ति दिएका थिए।

Copy link
Powered by Social Snap