२०८१ पुष ८

नेपाल र भारतबीचको खेलको प्रशारण अधिकार २५ लाखमा बिक्री

अखिल नेपाल फुटबल संघ (एन्फा) ले एडप्याड प्रालिसँग नेपाल र भारतबीचको मैत्रीपूर्ण खेलको प्रशारण र मार्केटिङ अधिकारसम्बन्धि सम्झौता  गरेको छ। 


Advertisement


एन्फाका महासचिव इन्द्रमान तुलाधनर र एडप्याड प्रवन्ध निर्देशक सुरज गिरीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

सम्झौता अनुसार एडप्याडले एन्फालाई २५ लाख १० हजार रुपैयाँ प्रदान गर्नेछ। 

नेपालले दशरथ रंगशालामा भारतसँग आगामी भदौ १७ र २० गते मैत्रीपूर्ण खेल खेल्नेछ।

नेपाली राष्ट्रिय टिम हाल पोखरामा बन्द प्रशिक्षणमा छ। 

नेपाली टिमले भारतसँगको दुई मैत्रीपूर्ण खेल र साफ च्याम्पियनसीपको तयारी गरिरहेको हो।

Copy link
Powered by Social Snap