आरसी ३२ लगातार दोस्रो जित निकाल्दै सहिद स्मारक सी डिभिजन लिग छनोटको दोस्रो चरणमा प्रवेश गरेको छ।
Advertisement
आरसीले आइतबार भएको समूह ‘सी’ को दोस्रो खेलमा बनेपा व्याइज क्लबलाई १-० गोलले पराजित गर्यो।
आरसीको जितमा बबिन बोहराले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्यो।
यसअघि पहिलो खेलमा आरसीले भारसिटी फुटबल क्लबलाई ८-० गोलले पराजित गरेको थियो।
तीन टिम रहेको समूहबाट शीर्ष एक टिम दोस्रो चरणमा पुग्ने प्रावधानअनुसार आरसीले दोस्रो चरणमा स्थान बनाएको हो।
अब आरसिटीले दोस्रो चरणको पहिलो खेलमा समूह ‘एच’ को विजेतासँग प्रतिस्पर्धा गर्नेछ। सो खेल असोज १७ गते हुनेछ।
दोस्रो चरणमा तीन समूहमा प्रतिस्पर्धा हुनेछ। प्रत्येक समूहका विजेता तीन टिम सी डिभिजनमा बढुवा हुनेछन्।