२०८१ पुष ७

वडा अधिवेशनको संघारमा कांग्रेसको आग्रह- मास्क लगाऔं न ल!

नेपाली कांग्रेसले यही भदौ १८ गते वडा अधिवेशन गर्दैछ।

देशभरका छ हजार सात सय ४३ वडामा एकै दिन अधिवेशन गर्ने कार्यतालिका बनाएको कांग्रेसले केही कारणले भदौ १८ मा अधिवेशन गर्न नसके अर्को मिति तोक्ने अधिकार निर्वाचन अधिकृतहरूलाई नै दिएको छ।


Advertisement


अधिकांश जिल्लामा भदौ १८ मै वड अधिवेशन हुनेछ। केही वडाहरूमा सर्वसम्मत रूपमा कार्यसमिति बनिसकेका पनि छन्। 

कोरोना महामारीकै बीच पनि कांग्रेसले महाधिवेशन अगाडि बढाएको छ। भिडभाड र समाजिक दूरी कायम गर्न आग्रह गरेको कांग्रेसले मास्क अभियान पनि सुरू गरेको छ।

प्रवक्ता विश्वप्रकाश शर्मा प्रमुख रहेको कांग्रेसको सूचना, सञ्चार तथा प्रचार विभागले वडा अधिवेशनको मुखमा भिडिओ जारी गर्दै ‘मास्क लगाऔं न ल’ भन्ने आग्रह गरेको छ।

प्रवक्ता शर्माले पनि कोरोनाविरूद्ध खोप अभियान जारी रहेको बताएका छन्।

‘खोप नै कोरोना प्रतिरोध गर्ने अन्तिम विकल्प हो, तर खोप अघि पनि र पछि पनि भेटघाट तथा भिडभाडमा मास्क अनिवार्य लगाऔं,’ शर्माले भनेका छन्।

Copy link