![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/ujjwal_thapa_1.jpg)
Credit: Nagarik Khabar
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Ratopati_875x90_3-4.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594872993-4.gif)
काठमाडौं । आफ्नै श्रीमतीको एसिड आक्रमणमा परेका रामराजा थापालाई सरकारले जागिर दिने भएको छ । एक वर्षअघि एसिड आक्रमणमा परेका थापालाई महान्यायाधिवक्ताको कार्यालयले रोजगारीको अवसर दिएको हो ।
समाजसेवी उज्वलविक्रम थापाको विशेष पहलमा रामराजालाई महान्यायाधिवक्ताको कार्यालयले रोजगारीको अवसर दिएको हो । कान्तिपुर टेलिभिजनको एक अन्तर्वार्ता हेरेपछि महान्यायाधिवक्ता अग्नि खरेलले समाजसेवी थापाका साथमा एसिड आक्रमणमा परेका राजाराम थापा र मुस्कान खातुनलाई आज भेटेका थिए ।
भेटका क्रममा एसिड आक्रमणमा परेका राजारामका लागि रोजगारी दिने महान्यायाधिवक्ता खरेलले बताएका थिए । अहिले तत्कालका लागि कार्यालय सहयोगीका रुपमा रामराजाले नियुक्ति पाउने छन् । उनी सवारी चालक भएकाले छ महिनापछि सवारी चालककै नियुक्ति पाउने महान्यायाधिवक्ता खरेलले बताएको अभियन्ता थापाले बताए ।
Advertisement
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/Sanima-Share-Loan_gif_250x250px-4.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596010711-4.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1594981462-4.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1596727893-4.gif)
राजारामको उपचारका लागि अझै ६ महिना लाग्ने र घाममा हिडडुल गर्न कठिनाई भएकाले तत्कालका लागि कार्यालय सहयोगीको रुपमा काम गर्ने व्यवस्था मिलाएको हो ।
उपचारका लागि समेत पर्याप्त सहयोग नपाएका रामराजाका लागि समाजसेवी थापाले निरन्तर सहयोग जुटाउँदै आएका थिए । साथै, उनको रोजगारी गुमेकाले थप समस्या परेको भन्दै थापाले निरन्तर सरकारको ध्यानाकर्षण गराएका थिए ।
एसिड आक्रममणमा परेकी मुस्कान खातुनका लागि पनि सरकारले विशेष सहयोग गर्ने तयारी गरेको थाहा भएको छ ।
एसिड आक्रमणमा परेकाहरुको उपचारका साथै उनीहरुको अधिकारको पक्षमा निरन्तर अभियान गर्दै आएका उज्वलविक्रम थापाको आग्रहमा भारतमा एसिड आक्रमणमा परेका सरस्वती विष्टका लागि समेत १५ भारु सहयोग जुटाउँदैछन् ।
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1588332472-2-5.gif)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/1592292872-3-5.jpg)
![](https://www.symnetwork.com/wp-content/uploads/2020/09/bolero-4.gif)