


सहिद स्मारक ए डिभिजन लिगमा सशस्त्र प्रहरी बलको एपिएफ क्लबले चौथो बराबरी खेलेको छ।
Advertisement



शुक्रबार दशरथ रंगशालामा भएको खेलमा एपिएफले जावलाखेल युथ क्लबसँग बराबरी खेलेको हो। खेल गोलरहित बराबरीमा सकिएको हो।
बराबरीसँगै अंक तालिकाको दशौं स्थानको एपिएफले ८ खेलबाट ७ अंक जोडेको छ।
रेलिगेसनबाट बच्न संघर्षरत एपिएफले सिजनमा चार खेलमा बराबरी खेलिसकेको छ।

एक खेलमा जित हात पारेको एपिएफ ३ खेलमा पराजित भएको छ।
यता नवौं स्थानको जावलाखेलको ८ खेलबाट ८ अंक भएको छ। जवालाखेलले २ जित निकाल्दा २ बराबरी खेलेको छ। जावलाखेल ४ खेलमा पराजित भएको छ।


