काठमाडौँ — प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्ने गरी स्थगित भएको छ ।
Advertisement
प्रमुख प्रतिपक्ष एमालेको अवरोधकाबीच बुधबारको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए ।
यस्तै, बैठकले पूर्वसांसदहरू जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा दमनसिंह थापाको निधनप्रति शोक प्रस्ताव पारित गरेको थियो ।