२०८१ मंसिर ९

गुरुराज घिमिरेलाई शेखर र पूर्णबहादुरको फोन : शेखरसँग भेट हुँदै, पूर्णबहादुरको चाँडै भेट्ने योजना

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गुरुराज घिमिरेले सक्रिय राजनीतिबाट बिदा लिने भन्दै निराशा सार्वजनिक गरेपछि नेता डा. शेखर कोइराला र उपसभापति पूर्णबहादुर खड्काले फोन गरेका छन् ।

नेतृत्वका कारण कांग्रेस न्याय गर्न नसक्ने संस्था बनेको भन्दै घिमिरेले राजनीति नै प्रदूषित बनेको बताएका थिए । १४औँ महाधिवेशनमा शेखर कोइराला प्यानललाई साथ दिएका घिमिरेले कोइरालाको प्यानलप्रति समेत चरम असन्तुष्टि जाहेर गरेको थिए ।


Advertisement


उनको यस्तो धारणा सार्वजनिक भएपछि नेता कोइराला र उपसभापति खड्काले घिमिरेलाई टेलिफोन गरेर सान्त्वना दिने प्रयास गरेका छन् । डा. कोइरालाले त आफू विराटनगरमै रहेको भन्दै निवासमै आज अपराह्न ४ बजे भेट्न बोलाइसकेका छन् । नेता कोइरालाले सबै कुरा भेटमा राख्न आग्रह गरेका छन् ।

यता, उपसभापति खड्काले भने चाँडै काठमाडौंमा भेट्ने बताएका छन् । खड्काले देशभर असन्तुष्टि रहेको भन्दै त्यसको व्यवस्थापनमा आफूहरूले नै मिलेर काम गर्नुपर्ने अवस्था रहेको भन्दै निराशा सार्वजनिक नगरी छलफलमा आउन आग्रह गरेका छन् ।

Copy link