२०८१ मंसिर ११

तीन महिनाभित्र मन्त्री र कर्मचारीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न मुख्यमन्त्री आदित्यनाथको निर्देशन 

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले आफ्ना सबै मन्त्री र सरकारी कर्मचारीलाई सम्पत्ति विवरण सार्वजनिक गर्न निर्देशन दिएका छन्।


Advertisement


मुख्यमन्त्री आदित्यनाथले सबै मन्त्री र सरकारी कर्मचारीलाई आफू र आफ्ना परिवारको नाममा रहेको चल अचल सम्पती तीन महिना भित्र सार्वजनिक गरिसक्न निर्देशन दिएका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार योगी आदित्यनाथले सरकारी काममा मन्त्री र कर्मचारीलाई परिवारका सदस्यको कुनै पनि हस्तक्षेप हुन नहुनेसमेत सचेत गराएका छन्।

लोकभवनमा मंगलबार बसेको मन्त्रिपरिषद बैठकमा योगी आदित्यनाथ यस्तो निर्णय गरेका हुन्।

स्वच्छ लोकतन्त्रका लागि जन-प्रतिनिधिको आचरण अत्यन्तै आवश्यक रहेको भन्दै उनले यसै भावना अनुसार सबै मन्त्रीलाई सपथ लिन तीन महिना भित्रमा आफ्नो र परिवारका सदस्यहरूको चल अचल सम्पती सार्वजनिक गर्न आदेश दिएका हुन्। 

‘स्वस्थ लोकतन्त्रका लागि जन-प्रतिनिधिको आचरण अत्यन्त जरूरी हुन्छ। यसै भावना अनुसार सबै मन्त्रीले शपथ लिन तीन महिना भित्र आफ्नो र आफ्ना परिवारका सदस्यको नाममा रहेको चल-अचल सम्पती सार्वजनिक गर्नुपर्छ’, उनले भने, ‘सबै आईएएस र पीसीएस अधिकारीले पनि आफू र आफ्ना परिवारको सम्पती सार्वजनिक गर्नुपर्छ। यो जानकारी आम जनताको लागि अनलाइन पोर्टलमा उपलब्ध हुनेछ।’

योगी आदित्यनाथ र उनको मन्त्रिमण्डलका सदस्यले मार्च २५ मा पद तथा गोपनीयताको शपथ लिएका थिए।
 

Copy link
Powered by Social Snap