काठमाडौं । सत्तारूढ दल नेपाली कांग्रेसले निर्वाचन आचारसंहिता उल्लंघन हुँदा पनि निर्वाचन आयोग मौन बसेको आरोप लगाएको छ ।
Advertisement
आइतबार पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा. प्रकाशशरण महतले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) नै आचारसंहिता उल्लंघन गर्न लागिपरेको बताए । “ठाडो आचारसंहिता उल्लघन हुँदा कुनै खोजखबर भएको छैन । निर्वाचन आयोगको ध्यानाकर्षण गराउन चाहन्छौँ,” उनले भने ।
आफ्नो पार्टीले सामान्य गतिविधि गर्दा पनि पत्र काट्ने गरेको भन्दै विपक्षी दलले प्रयोग गर्नै नहुने शब्द बोल्दा पनि आयोग चुप लागेको उनको आरोप छ । “सामान्य कुराहरूमा पनि चिठी पठाउने काम भएको छ । विपक्षी दलको नेताले प्रयोग नै गर्न नहुने शब्द प्रयोग गर्दा पनि आयोगले केही गर्न सकेको छैन,” उनले भने ।