२०८१ मंसिर १३

गण्डकी, आर्मी र पुलिसको विजयी सुरुवात

काठमाडौं । त्रिभुवन आर्मी, नेपाल पुलिस क्लब र गण्डकी प्रदेशले आइतबार राष्ट्रिय महिला तथा पुरुष भलिबल क्लब लिगमा विजयी सुरुआत गरेका छन् । 


Advertisement


त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगिताको पहिलो खेलमा गण्डकीले ढोरपाटन स्पोर्ट्स क्लबलाई ३–१ को सेटमा हराएको हो । गण्डकीले २५–१६, २३–२५, २५–१९, २६–२४ को स्कोरमा विजय हासिल गर्दै विजय हासिल गरेको हो । 

त्यस्तै अर्को खेलमा नेपाल पुलिस क्लबले गलकोट स्पोर्ट्स क्लबलाई ३–० को सेटमा पराजित गरेको छ । नेपाल पुलिसले गलकोटलाई २५–१५, २५–१७, २५–२२ को स्कोरमा पराजित गरेको हो ।

आइतबार सम्पन्न अन्तिम खेलमा त्रिभुवन आर्मीले सशस्त्र प्रहरी बल (एपीएफ)लाई ३–० को सोझो सेटमा हराएको छ । त्रिभुवन आर्मीले एपीएफलाई २५–२३, २५–१८, २५–२२ को स्कोरमा हराएको हो । 

वैशाख २४ गते हुने प्रतियोगिता राष्ट्रिय खेलकुद परिषदका सदस्यसचिव टंकलाल घिसिङले उद्घाटन गरेका थिए । 

लिगमा पुरुषतर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब गरी सात टिमले प्रतिस्पर्धा गर्नेछन् । महिलातर्फ त्रिभुवन आर्मी, नेपाल पुलिस, एपीएफ, न्यू डायमन्ड र एभरेस्ट मावि गरी पाँच टिमले प्रतिस्पर्धा गर्नेछन् । 

विजेता टोलीले ६ लाख, उपविजेताले ३ लाख, तेस्रो हुनेले १ लाख ५० हजार र चौथोले ७५ हजार रुपैयाँ नगद पुरस्कार जित्नेछन् । त्यस्तै सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले जनही समान ३५ हजार रुपैयाँ हात पार्नेछन् । विधागततर्फ उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले जनही समान १५–१५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

Copy link
Powered by Social Snap