काठमाडौं । संघीय संसद्मा आउँदो बजेट निर्माणका सिद्धान्त र प्राथमिकतासम्बन्धी जारी छलफल आज टुंगिने भएको छ । सरकारले विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा राखेको प्रस्तावमा गएको बुधबारदेखि सांसदहरूले छलफल गरिरहेका छन् ।
Advertisement
आजको प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका विषयमा सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री जनार्दन शर्माले जवाफ दिने कार्यसूची छ ।
आज बजेटका सिद्धान्त र प्राथमिकताका विषयमा छलफल टुंग्याएर सरकारले भोलि आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम पेस गर्ने तयारी गरेको छ । नीति तथा कार्यक्रमका लागि यसअघि नै मिति तय भइसकेको छ ।