काठमाडौं । कर्णाली प्रदेशका १३७ पालिकाकै मत परिणामको अन्तिम सार्वजनिक भइसकेको छ ।
Advertisement
जसमा नेपाली कांग्रेस ३२ पालिकामा निर्वाचित हुँदै पहिलो दल बनेको छ । २०७४ को निर्वाचनमा २५ पालिका मात्रै जितेको कांग्रेसलाई ७ पालिका फाइदा भयो । कर्णालीमा नेकपा (माओवादी केन्द्र) २३ पालिकामा विजयी हुँदै दोस्रो पार्टी बनेको छ ।
तर, अघिल्लो निर्वाचनमा २५ पालिका जितेको माओवादी दुई पालिका गुमाउँदै २३ पालिकामा खुम्चिन पुगेको छ ।
त्यसैगरी मुलुकका अन्य प्रदेशमाजस्तै यसपटक नेकपा (एमाले)लाई कर्णालीमा पनि धक्का लागेको छ । ०७४ को निर्वाचनमा २७ पालिका जितेको एमालेले विरासत जोगाउन सकेन ।
एमाले यसपटक १२ पालिका गुमाउँदै १५ पालिकामा खुम्चिन बाध्य भएको छ । एमाले कर्णालीमा पहिलो पार्टीबाट तेस्रो पार्टी खस्किएको हो ।
माओवादी र एमालेले सिट गुमाउँदा नेकपा (एकीकृत समाजवादी)ले ४ पालिकाको नेतृत्व पाएको छ ।
त्यसैगरी कर्णालीमा स्वतन्त्र उमेदवारहरूलाई पनि फाइदा भएको छ । अघिल्लो निर्वाचनमा कर्णालीमा स्वतन्त्र उमेदवारले दुई पालिका जितेका थिए । अहिले भने स्वतन्त्र उमेदवार पाँच पालिकाको नेतृत्व पाएका छन् ।