भरतपुर । चितवनको भरतपुर महानगरपालिकामा अहिलेसम्म ६३ हजार मतगणना भएको छ ।
Advertisement
प्रमुखमा नेकपा (माओवादी केन्द्र)की रेनु दाहालले २४ हजार १०७ मत ल्याएर अग्रता कायम गरेकी छन् । उनलाई पछ्याइरहेका नेकपा (एमाले)का विजय सुवेदीले २० हजार ३५० मत ल्याएका छन् । रेनु विजयभन्दा ३ हजार ७५७ मत अघि छन् ।
यस्तै स्वतन्त्र उमेदवार जगन्नाथ पौडेलले ८ हजार ७१५ मत पाएका छन् ।
उपप्रमुखमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले २६ हजार २७१ मत ल्याएका छन् । राप्रपाकी हिमला गुरुङले १५ हजार ९५० मत पाएकी छन् ।
भरतपुरको दुई वडामा कांग्रेस र माओवादीको अग्रता
भरतपुरको वडा नम्बर १३ मा १,६०२ मतगणना हुँदा वडाध्यक्षमा माओवादी उमेदवारले ७२८ मत ल्याएका छन् । एमालेका उमेदवारले ५९१ मत ल्याएका छन् । यस्तै, वडा नम्बर १,६७३ मतगणना हुँदा कांग्रेसका उमेदवारले ७३७ मत र एमालेका उमेदवारले ६२९ मत ल्याएका छन् ।