२०८१ मंसिर २

पोखराको प्रमुखमा एकीकृत समाजवादीका आचार्य ३२७२ मतले अगाडि

पोखरा ।  कास्कीको पोखरा महानगरपालिकामा ९२ हजार ५६१ मत गणना भएको छ । जसमा प्रमुख पदमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले ३७ हजार १२२ मत पाएका छन् ।


Advertisement


आचार्य ३,२७२ मतले अगाडि छन् ।

उनलाई पछ्याइरहेका नेकपा (एमाले)का कृष्ण थापाले ३३ हजार ८५० मत ल्याएका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का शंकर खरालले चार हजार २२८ मत ल्याएका छन् ।

उपप्रमुखमा नेकपा (एमाले)की उमेदवार मञ्जु गुरुङ ३८ हजार ५७६ मत ल्याएर अगाडि छन् । गठबन्धनका तर्फबाट नेपाली कांग्रेसकी कोपिला रानाभाटले ३७ हजार ५४५ मत ल्याएकी छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की रन्जना सेनले चारहजार १३१ मत ल्याएकी छन् ।

Copy link
Powered by Social Snap