२०८१ पुष १०

नयाँ जनप्रतिनिधिलाई लुम्बिनीका मुख्यमन्त्रीको सुझाव : उत्कृष्ट कार्य गरेर देखाउनू

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले चुनौतीका बिचमा स्थानीय तहका जनप्रतिनिधिहरूले उत्कृष्ट कार्य गरेर जनतालाइ अनुभूति गराउन आग्रह गरेका छन् । उनले अघिल्लोपटक तीन चरणमा स्थानीय तहको निर्वाचन भएको बताउँदै एकैपटक निर्वाचन गर्नु चुनौतीपूर्ण रहेको अवस्थामा निर्वाचन भएकाले जितेका उमेदवारले उत्कृष्ट कार्य गरेर देखाउन आग्रह गरे । 


Advertisement


बुटवल उपमहानगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिहरूको पदस्थापन कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री केसीले आफूहरूले संविधानलाई अक्षरस पालना गरेको बताउदै अर्को निर्वाचनपनि मंसिरमै हुनेमा ढुक्क हुन आग्रह गरे । 

उनले संघीयता कार्यान्वयन गर्न स्थानीय तहको निकै महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रदेश सरकारले आवश्यकता अनुसारका सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे । उनले सुकुम्वासी समस्यालाई समयमै समाधान गर्ने नवनिर्वाचित प्रमुख खेलराज पाण्डेको अभिव्यक्तिको प्रसम्सा गर्दै आवश्यक सहयोग गर्दै जाने बताए ।

उनले उपप्रमुख सावित्रा अर्यालले बुटवलका बजारको अनियमितताको अनुगमन गर्ने निर्णयको प्रशंसा गर्दै अहिलेका चुनौती समाधान गरेर सहकार्य गर्न आग्रह गरे । 

उनले लुम्बिनी प्रदेश सरकारको पहिलो व्यवस्थापन गरेको बताउँदै निवर्तमान पदाधिकारीहरूलाई धन्यवाद व्यक्त गरे ।

प्रदेश योजना आयोगका उपाध्यक्ष वामदेव क्षेत्रीले जनता साथमा रहेको समयमा उत्कृष्ट कार्यसम्पादन गर्न निर्वाचित जनप्रतिनिधिहरूलाई आग्रह गरे । उनले जनप्रतिनिधिहरूले अघिल्ला दिनमा आफू अर्थात व्यक्तिले गरेको भन्ने गरेको भएपनि अब जनप्रतिनिधिले गरेका काम हामीले गरेको भन्न सुझाव दिए ।

उनले बुटवलको सडक, खानेपानी तथा सुकुम्बासी समस्या समाधान गर्न आग्रह गरे । तिनाउ नदिको जोखिमको समस्या हरेक वर्ष हुने भएकोले यसको समाधान गर्न आग्रह गरे । 

नवनिर्वाचित नगरप्रमुख खेलराज पाण्डेले बुटवलमा रहेको सुकुम्वासी तथा अव्यवस्थित समस्या, चौराहादेखि चिडियाखोला सम्मको समस्या, मोतिपुर क्षेत्रका समस्या समाधान गर्ने बताए । उनले आफ्नो पहिलो निर्णयमानै सुकुम्वासी समस्या समाधान गर्ने निर्णय गरेको स्मरण गर्दै सबैलाई समेटेर साझा फूलबारी बनाउने बताए । 

Copy link
Powered by Social Snap